२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका सबै फाइल खोले हुन्छ: गगन थापा



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसले भ्रष्टाचारका सबै फाइल खोल्न सत्तारुढ दललाई चुनौति दिएको छ

काग्रेस महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारका सबै फाइल खोल्न सत्तारुढ दललाई चुनौति दिनु भयो । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा थापाले कांग्रेस नेताविरुद्ध कुनै फाइल भए खोल्न चूनौति दिनु भएको हो ।

उहाँ भन्नुभयो भने,उहाँले भन्नुभयो – ‘साथिहरुले के कुरा बिर्सनुभयो कि भन्ने लाग्छ । हामी सरकारमा छौँ भन्नेकुरा बिर्सनुभयो कि भन्ने लाग्छ । कुन कुन फाइलहरु खोल्नुपर्ने हो । ति सबै फाइलहरु खोल्नुभए हुन्छ । खोलौँ । खोल्नैपर्छ । हामी त संसदमा प्रस्तावित भएको अख्तियारको र भ्रष्टाचार निवारण सम्बन्धी ऐनमा पाँच वर्ष पछाडी हदम्याद हुन्छ है, त्यो भन्दा पछाडी सार्वजनिक जिम्मेवारीमा बसेका मानिसहरुले गरेको भ्रष्टाचार विषयको सम्बन्धमा थप लाग्दैन भन्दैगर्दा भ्रष्टाचारको विषयमा हदम्याद लागु हुनु हुँदैन । सय वर्ष पछि भएपनि सार्वजनिक जिम्मेवारीमा बसेको छ भने त्यसको फाइल खोल्नुपर्छ भनिरहेका छौँ । अहिले सरकारमा बसेका साथीहरुले त धमाधम खोले हुन्छ । गिरिबन्धुको फाइल खोल्नु । सबै फाइल खोल्नु । कुनै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वप्रमुख हुनुहुन्थ्यो, अलिकति बाहिर कुनै विषय उठायो भने म तेरो नि फाइल खोल्दिन्छु, तेरो नि खोल्दिन्छु भनेको कुरा सम्झिरहेको छु । सरकारमा बस्नेले म यो खोलिदिन्छु । त्यो खोलिदिन्छु भन्ने होइन ।’

आजको प्रतिनिधि सभा बैठकमा एमालेले सभामुख देवराज घिमिरेलाई प्रयोग गरेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो –‘आज सदनमा जे दृश्य देखियो । यो सन्दर्भमा सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भुमिका निर्वाह गर्नुपर्ने हो । त्यो निर्वाह गर्न सर्वथा चुक्नुभएको भन्ने हाम्रो ठहर रहेको छ । सदनमा सत्तापक्ष, प्रतिपक्षको बिचमा कयौँ विषयहरुमा कुराकानी मिल्दैन । र सदनमा सभामुखलाई दलगत आवद्धताबाट मुक्त भएको र आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्ण रुपमा अलग्ग भएर तटस्थ भुमिका निर्वाह गर्ने एउटा अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौँ । हामीले आज सभामुखलाई बिहानैपनि हामीले गरिरहेका प्रयासहरुका बारेमा जानकारी गराएका थियौँ । अहिले पनि संसदीय छानविन समितिको सन्दर्भमा भइरहेको घटना विकासक्रमको बारेमा जानकारी गराएका थियौँ । आज सदनको बैठक प्रारम्भ भइसके पछाडी सदनको काम, कारबाही अगाडी बढ्न सक्दैन भनेर हामीले आफ्नो बिरोध प्रकट गर्‍यौँ । आज प्रमुख प्रतिपक्षी दल त वेलमा पुगेको थियो नै । आज सदनभित्र अन्य सबै प्रतिपक्षी बेञ्चमा रहेका प्राय: सबै दलका माननीयहरु आज उठ्नुभएको अवस्था थियो । प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसदभित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरु उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडी सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर आएर जे जति कुराहरु सदनभित्र गराउनका निम्ति निर्देशन दिइयो । हुबहु त्यसको पालना गरेको देखियो । काँग्रेसको अवरोधको बाबजुद पनि सदन अगाडी बढ्छ भन्ने हिजो एमालेको अध्यक्षले त्यसका बारेमा हुंकार गर्नुभएको र त्यसलाई पुरा गर्नका निम्ति सभामुखको पदको जिम्मेवारी पूरा भएको दृश्य आज हामीले सदनमा देख्यौँ । आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो यसको मुल जिम्मेवारी सभामुखले लिनुपर्छ । किनकी सदनमा जर्बजस्ति विषय कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय, अनपेक्षित स्थितिको सिर्जना गर्ने कामको मुल जिम्मेवारी सभामुखले लिनुपर्छ । सभामुख एउटा पार्टीको नेताको आदेश पालकको रुपमा उहाँको भुमिका यसरी रहने कुरा हाम्रो निम्ति दु:खको विषय हो । सभामुखलाई हामी उहाँको भुमिकाप्रति जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्नका निम्ति सचेत गराउन चाहन्छौँ ।’

महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै काँग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले सभामुखले जबर्जस्त बैठक अगाडी बढाएपछि काँग्रेसका सांसदहरुले बिरोध गरेको भन्दै एमाले अध्य ओलीले काँग्रेसका सांसदहरुलाई निर्देशन दिन खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज सभामुखले गर्नुभएको व्यवहार र जर्बजस्ती सरकारी काम, कारबाही अगाडी बढाउन खोजिसके पछाडी हामीले आफ्नो ठाउँबाट सरकारको काम, कारबाही अगाडी बढाउन नदिने कुरा राख्ने हाम्रो कोशिस हो । तर एमालेका अध्यक्षज्यू एउटा कुरामा झुक्किनु भयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठान्नुभयो जस्तो लाग्यो । एमालेका सांसदहरुलाई उहाँको कुरा हो, उहाँले हप्काउने, धम्क्याउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार राख्नहुन्छ होला । उहाँहरुको सम्बन्ध पनि त्यस्तै होला । तर नेपाली कांग्रेस पार्टीका बारेमा त्यो नसोच्नु होला । काँग्रेसका सांसदका बारेमा पनि त्यो नसोच्नु होला । हामी तपाइका कार्यकर्ता होइनौँ । हामी तपाईलाई सम्मान गर्छौ । तपाईले हामीलाई अह्राउने होइन भन्ने कुरा जानकारी गराउन चाहान्छौँ । हामी सदनमा मुठभेडको स्थिति सिर्जना होस् भन्ने हामी कहिलेपनि चाहँदैनौँ ।’