२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीले ‘बैगुनी केटो’ भनेपछि…..



अ+ अ-

 प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल नेपाल समूहका नेकपा नेता योगेश भट्टराईलाई केटाकेटीको संज्ञा दिएका छन् । दाहाल नेपाल समूहमा लागेपछि प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई बैगुनीको संज्ञा पनि दिएका हुन् ।

शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईलाई भने 'बैगुनी केटो लात्ताले पुक्क हानेर भाग्यो ।' 

उनले भने, 'बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइदिएँ । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही योगेश भट्टराई केटो पो रहेछ ।'

प्रधानमन्त्री ओलीले योगेशका बारेमा टिप्पणी गर्दा बडो आक्रामक भएका थिए । उनले भनेका थिए कि उनले छाडेर हिँडे पनि आफ्नो पार्टीमा युवाहरुको कमी छैन । हामी त्यस्तो कुरामा अल्झिदैँनौँ, उनले भने 'एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन ।'

विसं २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा योगेश ताप्लेजुङबाट विजयी भएका थिए । उनको चुनावी सभामा ओलीले  सम्बोधन गरेका थिए र भनेका थिए तपाईंहरु योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनु, मन्त्री बनाउने जिम्मा मेरो भयो । 

योगेश भट्टराईलाई पर्यटन मन्त्री थिए । संसद विघटन भएपछि त्यसको विरोधमा उनी सरकारबाट राजीनामा दिएका थिए ।