प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल नेपाल समूहका नेकपा नेता योगेश भट्टराईलाई केटाकेटीको संज्ञा दिएका छन् । दाहाल नेपाल समूहमा लागेपछि प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई बैगुनीको संज्ञा पनि दिएका हुन् ।

शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईलाई भने 'बैगुनी केटो लात्ताले पुक्क हानेर भाग्यो ।'
उनले भने, 'बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइदिएँ । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही योगेश भट्टराई केटो पो रहेछ ।'
प्रधानमन्त्री ओलीले योगेशका बारेमा टिप्पणी गर्दा बडो आक्रामक भएका थिए । उनले भनेका थिए कि उनले छाडेर हिँडे पनि आफ्नो पार्टीमा युवाहरुको कमी छैन । हामी त्यस्तो कुरामा अल्झिदैँनौँ, उनले भने 'एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन ।'
विसं २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा योगेश ताप्लेजुङबाट विजयी भएका थिए । उनको चुनावी सभामा ओलीले सम्बोधन गरेका थिए र भनेका थिए तपाईंहरु योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनु, मन्त्री बनाउने जिम्मा मेरो भयो ।
योगेश भट्टराईलाई पर्यटन मन्त्री थिए । संसद विघटन भएपछि त्यसको विरोधमा उनी सरकारबाट राजीनामा दिएका थिए ।











