• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ: महेश बर्तौला



फाईल फोटो

काठमाडौँ । सांसदहरुले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरुका बीचमा सहमति जुट्ने दाबी गरेका छन् ।

बिहीवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दलहरुका बीचमा सहमति जुट्न नसक्दा बस्न सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउने माग निरन्तर राख्दै आएको छ ।

यता सत्तारुढ दल छानविन समिति बनाउन तयार देखिएको छैन । यसैकारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन । सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरुले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडी बढ्ने दाबी गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताउनु भयो । उहाँले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘४ बजेको बैठक अगाडी बढ्छ । त्यसहिसाबले समझदारी गर्नका लागि नै अहिले हामीले केही समय माग गरेका हौँ । नेपाल सरकारको तर्फबाट पनि पहल जारी छ । प्रमुख प्रतिपक्षले पनि यति महत्वपूर्ण समय सांसदको, देशको । विरोध र अवरोधको श्रृङ्खला लगातार जारी राखेर देशलाई, संसदलाई बन्दक बनाउनु हुँदैन । प्रमुख प्रतिपक्षले बुझ्नुपर्छ । गृहमन्त्रीलाई बोल्न समय दिनुपर्छ । ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ ।’