• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पिस कोरका एसोसिएट डाइरेक्टर डेभिड ई. ह्वाइट जुनियर नेपाल भ्रमणमा



काठमाडौँ – पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ । आफ्नो भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरी स्थापनाकालदेखि नै पिस कोर कार्यक्रमलाई उहाँहरूले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुहुनेछ ।

साथै, उहाँले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्नुहुनेछ । उपनिर्देशक ह्वाइट भर्खरै आइपुगेका १० जना पिस कोर रेस्पोन्स भोलेन्टियरहरूको शपथ ग्रहण समारोहमा पनि सहभागी हुनुहुनेछ । नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरहरूको यो नै पहिलो समूह हो ।

पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकहरूलाई अल्पकालीन (उदाहरणका लागि नौदेखि बाह्र महिना) अवधिका, उच्च-प्रभाव दिने खालका कामहरू पुरा गर्नतर्फ लक्षित उनीहरूको सहयोगका लागि अनुरोध गर्ने देशमा पठाउँछ ।

भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नुहुनेछ । नेपालमा स्वयंसेवकहरू कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनाहरूमा काम गर्दछन् ।  समुदायसँग प्रभावकारी रूपमा सञ्‍चार तथा सहकार्य गर्नका निम्ति उनीहरू नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्छन् ।

हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवकहरू कार्यरत छन् । उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अङ्ग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन् । शपथ ग्रहण गर्न लागेको नयाँ समूहसँगै अब नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको सङ्ख्या ५० पुग्ने भएको छ ।

सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलो पटक आफ्नो कार्यसञ्चालन स्थापना गरेको थियो र त्यसयता झन्डै ४,००० अमेरिकी नागरिकहरूले नेपालमा विभिन्न क्षेत्र र देशभरि नै काम गरिसकेका छन् ।