काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुलाई मातृ शोक परेको छ।
कञ्चनपुरको महेन्द्रनगरस्थित आफ्नै निवासमा आइतबार बिहान उहाँकी आमाको निधन भएको छ ।
९५ वर्षको उमेरमा आमा कलशा देवी बडुको निधन भएको हो। कलशा देवीका तीन छोरा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु, महेन्द्र माध्यमिक विद्यालय खलंगा दार्चुलाका पूर्व प्रअ इन्द्रराज बडु र इन्जिनीयर महेन्द्र प्रसाद बडु रहेका छन्।











