३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति जिनपिङको निमन्त्रणामा बेइजिङ भ्रमण गर्दै पुटिन



अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ ।

पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहनुहुने विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताउनुभयो । रूसी नेताको छ महिनाभन्दा लामो समयमा दोस्रो चीन भ्रमण हो भने मार्चमा राष्ट्रपतिमा पुन: निर्वाचित भएपछि पहिलो विदेश भ्रमण हो ।

पश्चिमले आफ्नो सैन्य आक्रमणलाई लिएर अभूतपूर्व प्रतिबन्धहरू लगाएका कारण रूस एक महत्त्वपूर्ण आर्थिक जीवन रेखाका रूपमा चीनमा तीव्ररूपम निर्भर रहेको विश्लेषकहरू बताएका छन् ।

बेइजिङले मस्कोसँगको आफ्नो सम्बन्धप्रतिको आलोचनालाई अस्वीकार गरेको छ । उसले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरेको छ । चीनले सस्तो रूसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीसहित विशाल प्राकृतिक स्रोतहरूमा पहुँच प्राप्त गरेको छ ।

तथापि उक्त आर्थिक साझेदारी पश्चिममा कडा जाँचको दायरामा आउँदा चिनियाँ बैंकहरूलाई अमेरिकी प्रतिबन्धको डरले विश्वव्यापी वित्तीय प्रणालीबाट अलग गर्नसक्ने डर छ । त्यसैले उनीहरूले रुसी व्यवसायमाथि नियन्त्रण सुरु गरेका छन् ।

“चीनले आफूलाई समर्थन गर्न अझ धेरै प्रयास गरोस् भने रुस चाहन्छ । यस्तो गर्न चीन अनिच्छुक छ किनकी ऊ पश्चिमसँगको आफ्नो सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, कार्नेगी रुस युरेसिया केन्द्रका निर्देशक अलेक्जेन्डर गाबुयेभले भन्नुभयो ।

चिनियाँ भन्सार तथ्याङ्कअनुसार युक्रेनमा आक्रमणपछि चीन र रुसबीचको व्यापार बढेको छ । यसलाई बेइजिङले कहिले पनि निन्दा गरेको छैन । सन् २०२३ मा यी दुई मुलुकबीचको व्यापार दुई खर्ब ४० अर्बसम्म पुगेको छ ।

यद्यपि वासिङ्टनले मस्कोलाई सुविधा दिने वित्तीय संस्थाहरूलाई कारबाही गर्ने वाचा गरेपछि वर्षको सुरुमा रुसमा बढेको चिनियाँ निर्यात मार्च र अप्रिलमा घटेको छ ।

आफूलाई रुसबाट अलग हुने बढ्दो माग वा यसको परिणामको सामना गरिरहेकाले बेइजिङ रुसको सङ्घर्षरत अर्थतन्त्र सम्हाल्न तयार नभएपछि यस्तो भएको हो

“चिनियाँ बैंकहरू प्रतिष्ठित लागतका बारेमा चिन्तित छन् किनकि उनीहरूले ठूला प्रतिबन्धहरू रोक्न खोजेका छन्”, सिएनएका वरिष्ठ अनुसन्धान वैज्ञानिक एलिजाबेथ विशनिकले एएफपीलाई भन्नुभयो, “निश्चितरूपमा प्रमुख चिनियाँ बैंकहरू हालको आर्थिक कठिनाइहरूलाई ध्यानमा राख्दै त्यस परिस्थितिबाट बच्न चाहन्छन् ।”

विज्ञहरूले यस हप्ताको अत्यधिक प्रतीकात्मक बैठकले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरिने र केही सम्झौताहरूमा हस्ताक्षर र व्यापार बढाउने वाचा गर्ने अपेक्षा गरेका छन् ।

विश्लेषकहरूका अनुसार बेइजिङले मस्कोलाई समर्थन गर्न कटिबद्ध भएको रुसी नेतालाई राम्रोसँग थाहा छ । यसलाई विश्लेषकहरूले चिनियाँ नीति निर्माता पश्चिमविरुद्ध महत्त्वपूर्ण पर्खाल र अमेरिकी नेतृत्वको विश्व व्यवस्थाविरुद्धको लडाइँमा महत्त्वपूर्ण सहयोगीका रूपमा हेरेका छन् ।