२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पर्वताराेहीकाे माउन्ट केटु यात्रा (फाेटाे फिचर)



अ+ अ-

काठमाडौंः विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु (Mount K2) नेपालका दश जना पर्वतारोहीले शनिबार सफलतापूर्वक आरोहण गरेर इतिहास रचेका छन् ।

माउन्ट केटु पाकिस्तानमा रहेको र यसको उचाई ८,६११ मिटर अग्लो छ ।

यस पर्वतारोहण टोलीमा निर्मल (निम्सदाइ) पुर्जा, मिङमा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका छन् ।

निकै कठिन मानिएको यस हिमालको आरोहण हिउँदे सिजन गर्नु पनि अति ठूलो चुनौती हो । यस हिमालमा हिउँदे सिजनमा कोही पनि आरोहण नगरेको पाकिस्तानको पर्यटन बोर्डले जनाएको छ ।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेको आरोहण दलका सदस्य एवं सुप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाले बताएका छन् ।

सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए ।