२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकपटक लाठी खान मन छ – प्रचण्ड (भिडियो सहित )



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर आफुहरु माथि आक्रमक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको भन्दै आवेश र आक्रोश सहितको जुझारु आन्दोलन गर्न युवाहरुलाई निर्देशन दिनुभएको हो । आन्दोलनमा युवाहरु मात्रै नभई अग्रमोर्चामा आफुपनि सहभागि हुने उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै हिडेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले एकताको बेलाका सिद्धान्तलाई अतिक्रमण गरेको तथा पार्टीको संगठनात्मक मुल्यमान्यता बाहिर गएको उहाँको भनाई छ । आफुहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । आफुहरु माक्र्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफुहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्त प्रति प्रतिबद्धता रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको उहाँको भनाई छ । पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको प्रचलन रहेपनि ओलीले पार्टीको बैठक छलेर हिड्ने गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो । ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप उहाँले लगाउनुभयो ।

पार्टी एकता गर्दा समाजवादको पूर्वाधार निर्माण गर्नेतर्फ अघि बढ्ने भनिएको भएपनि प्रधानमन्त्री ओलीले सरकारको नीति, कार्यक्रम तथा बजेटको विषयमा कुनै कमिटीमा छलफल नगरी समाजवादउन्मुख बजेट ल्याउन नसकेको बताउनुभयो । अध्यक्ष प्रचण्डले केपी ओली प्रवृत्ति विरुद्ध मेजर अपरेशन आवश्यक रहेको बताउनुभयो ।