५ पुष २०८२, शनिबार
,
Latest
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस



अ+ अ-

काठमाडौं । १२ मे का दिन आइतवार विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, द इकोनोमिक पावर अफ केयर’ रहेको छ ।

यसै सन्दर्भमा काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। मा पनि बिबिध कार्यक्रम गरी यो दिवस मनाइएको छ । दिवसको अवसरमा ॐ हस्पिटलको नर्सिङ विभागको तर्फबाट विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारी बारे जानकारीमूलक प्रस्तुतिहरुसँगै नर्स दिवसको शुभकामना आदानप्रदान गरिएको थियो ।

त्यसैगरी नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट बक्तृत्वकला , हाजिरी जवाफ , नाटक लगायतका बिबिध मनोञ्जनात्मक कार्यक्रमहरुपनि प्रस्तुत गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा फ्लोरेन्स सदन ९समूह ए० ले प्रथम, मदर टेरेसा सदन ९समूह डि० ले द्वितिय, न्यूम्यान्स सदन ९समूह बि० ले तृतिय र हेन्डर्सन सदन ९समूह सी० ले चौथो स्थान हाँसिल गरेका थिए ।

त्यसैगरी आवर नर्सेस आवर फ्युचर, द इकोनोमिक पावर अफ केयर शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितामा आइसियु विभागबाट सहभागि हुनुभएकी नर्स श्रीयास्मा रेग्मीले प्रथम स्थान हाँसिल गर्नुभएको थियो । आइसियु विभागबाट नै सहभागि हुनुभएकी अर्की नर्स दिक्षा श्रेष्ठले द्वितिय स्थान हाँसिल गर्नुभएको थियो भने एनआइसियु विभागवाट सहभागिता जनाउनु भएकी दीपा तिमल्सिनाले तृतिय स्थान हाँसिल गर्नुभएको थियो ।

त्यसैगरी, विरामीको सेवामा अहोरात्र खट्ने नर्सहरुको कथाव्यथा सहितको विशेष नाटकको सुत्राधार आइ।सि।यु।की नर्सिङ इन्चार्ज सविना ढकाल हुनुहुन्थ्यो । उहाँलाई अभिनय गरेर आइसियुका नर्सहरु सुस्मिता लुइटेल, विष्णु तामाङ, सोनी दनुवार, डिलक्स वार्डकी नर्स निलम चन्द, मेडिकल टु की नर्स प्रियङ्का घिमिरे र पोष्ट अपरेटिभ वार्डकी नर्स नन्दिताले साथ दिनुभएको थियो ।

इन्फेक्सन कन्ट्रोल नर्स इच्छा थापाले छायाङ्कन गर्नुभएको नाटकमा स्टाफ अभावमा नर्सिङ ड्युटि मिलाउन समाना गर्नुपर्ने चुनौतीहरु, विरामी विरामीका आफन्त तथा नर्सको सम्वन्ध र उपचारपछिको खुशी, उपचारमा प्रयोग गरिएका गाउन पि।पि।ई। लगायतका सामग्रीको उचित व्यवस्थापनबारे यथार्थपरक जानकारी समेटिएको थियो ।

ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा। आनन्द प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा हस्पिटलका संचालकहरु डा. हरी किशोर श्रेष्ठ र डा. रिता सिंह, हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशी, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाँई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हाउस किपिङ अफिसर ज्वाला सुवेदी र इन्फेक्सन कन्ट्रोल नर्स इच्छा थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा एन। आई। सि। यु। की नर्सिङ इन्चार्ज रानु शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागि भई विजेता हुनुभएका नर्सहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने ‘लेडि वीथ द ल्याम्प’ फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । ॐ हस्पटलले पनि आफ्नो स्थापना कालदेखी नै नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।

फ्लोरेन्स नाइटिङ्गेलले सन् १९१० अगष्ट १३ मा केन्यामा भइरहेको युद्धका बेला तयार पारिएको पहिलो नर्सहरुको टोलीलाई सपथ ग्रहण गराएकी थिईन् ।