२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सिमकोट । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिएको छ ।

आरोपित पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । ती पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले स्रोतले बताएको छ ।