५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी) ले पनि विश्वासको मत दिने भएको छ ।

एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एकीकृत समाजवादी र जसपाले समेत विश्वासको मत दिने भएका हुन् ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की वैशाख २७ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा एमालेका उप सभामुख सहित ४०, काँग्रेसका २९, माओवादीका १३, सभामुख सहित राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् ।

कोशीमा बहुमत पुर्याउन ४७ प्रदेश सभा सदस्यको आवश्यकता पर्दछ ।