१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन



अ+ अ-

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई मन्त्रीले राजीनामा दिएसँगै पार्टीले समर्थन पनि फिर्ता लिएको हो ।

उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मुख्यमन्त्री सरोज कुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए।

माओवादीले समर्थन फिर्ता लिएसँगै जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादव अल्पमतमा परेका छन् ।

आजै नेकपा एमालेका मन्त्रीहरुले पनि राजीनामा दिने तयारीमा छन् ।