४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले संसद विघटन गर्ने होइन’

‘राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले संसद विघटन गर्ने होइन’
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले निवेदकतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् । 

रिटनिवेदनका तर्फबाट बहस गरेका अधिवक्ता डा. दीनमणि पोखरेलले संविधानका धाराहरूको अपव्याख्या गरिएको तर्क गरे । 'संविधानको उद्देश्य के थियो ? संविधानको धारा ७६ र त्यसका उपधाराको मर्म के थियो ?', उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीले गरेको संसद विघटनले संविधानको सदुपयोग भयो कि दुरुपयोग ? राष्ट्रपति र प्रधानमन्त्रीले भनेजस्तो संसद विघटन अन्तर्राष्ट्रिय अभ्यास, प्रधानमन्त्रीको विशेषाधिकार हाम्रो सन्दर्भमा होइन ।’

उनले सरकार चलाउन नसकेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 'तर, आफूले चलाउन नसकेपछि अरूले चलाउने बाटो पनि बन्द गरिदिने ? यो त दुरासयपूर्ण भयो', उनको तर्क छ, 'पार्टी, समितिले सहयोग गरेन अनि मैले सरकार चलाउन सकिनँ भनेर प्रधानमन्त्रीले स्वीकारी सक्नुभएको छ ।'

उनले संविधानले धारा ७६  (१) को प्रधानमन्त्रीलाई पाँच वर्षका लागि पठाएको उल्लेख गर्दै पाँच वर्ष चलाउन सकिनँ भन्ने भए राजीनामा दिएर जाने पर्ने बताए।

ताजा जनादेशमा जाने भन्दा अदालतले नरोक्ला भनेर प्रधानमन्त्रीले यस्तो असंवैधानिक कदम चालेको अधिवक्ता पोखरेलको दाबी छ ।

हिजोको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुनिल पोखेल, संविधानविद् भीमार्जुन आचार्य लगायतले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।