२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक



अ+ अ-

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या बढेर ३४ हजार ९७१ पुगेको छ । ७८ हजार ६४१ घाइते भएका छन् ।

हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा शुरु भएको थियो । गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ । इजिप्टको कायरोमा बिहीवार इजरायल र हमासबीचको युद्धविरामको वार्ता असफल भएपछि इजरायलले प्यालेस्टिनी शहर रफाहमा आक्रमणलाई तिब्र पारेको छ ।

यसअघि शनिवार इजरायली सेनाले पूर्वी रफाहमा रहेका प्यालेस्टाइनी बासिन्दाहरूलाई ती क्षेत्रहरूमा हमास लडाकुहरूलाई लक्षित गर्दै आगामी सैन्य कारबाहीहरू उद्धृत गर्दै थप खाली गर्न आदेश दिएको थियो ।