काठमाडौ । काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बिरुद्धको आन्दोलनलाई आवेग सहित आक्रमक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिए सँगै काठमाण्डौ सुरक्षा चुनौति बढेको छ । अध्यक्ष प्रचण्डले अहिले सम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरे पछि सडकमा टाउको फुटाउने गरी आन्दोलन हुने र त्यसकोे नेतृत्व आफैले गर्ने अभिब्यक्ति दिए पछि सुरक्षा चुनौती थपिएको छ । यसै सन्दर्भमा सुरक्षा चुनौती,ब्यबस्थापन र आगामी निर्बाचनमा प्रहरीको तयारी बारे न्युज एजेन्सी नेपालले नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक बसन्तराज कुवँर सँग प्रतिक्रिया लिएको छ ।










