• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ मा बिहीबार गुजरात टाइटन्स (जीटी) ले चेन्नई सुपर किंग्स (सीएसके)लाई ३५ रनले पराजित गर्यो ।

खेलको अन्तिम ओभरमा एक फ्यान मैदानमा पसे र भुइँमा लडेर महेन्द्र सिंह धोनीको खुट्टा छुन थाले । उनले धोनीलाई अँगालो पनि हाले ।

खेलको अन्तिम ओभर चलिरहेको थियो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा धोनीलाई भेट्न एक फ्यान मैदानमै पसे । फ्यान भुइँमा झुकेर धोनीको खुट्टा छोए र अँगालो पनि लगाए । त्यसपछि सुरक्षाकर्मी आएर फ्यानलाई मैदानबाट बाहिर निकाले । धोनीले ११ बलमा २६ रन बनाएपछि खेलमा नटआउट रहे ।