२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि



अ+ अ-

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रू. २ ले वृद्धि गरेको जनाएको छ । निगमका प्रवक्ता विनित मणि उपाध्यायका अनुसार नयाँ बिक्री मूल्य आज सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।

निगमले काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र)को लागि पेट्रोलको प्रति लिटर रु. ११० तथा डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य रु ९३ कायम गरेको जनाएको छ ।

हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य हाललाई यथावत नै राखिएको निगमको भनाई छ ।

यस मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा प्रति लिटर २ रुपैयाँ ९६ पैसा तथा एल.पि.ग्यासमा प्रति सिलिण्डर १३४ रुपैयाँ ७२ पैसा घाटा हुने जनाउँदै निगमले अर्धमासिक रूपमा करिब रू. ४९ करोड ८८ लाख घाटा हुने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिएको जनाएको छ ।

साथै हालको मूल्य समायोजन भए पश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ ६४ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनित मणि उपाध्यायका अनुसार भारतीय आयल निगमले यही जनवरी १६ मा पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा रु. ७।६१, डिजेलमा रु. ६।३९, मट्टितेलमा रु. ६।०४, हवाई इन्धनमा रु. ६।९० तथा एलपि ग्याँसमा प्रति सिलिण्डर रु. १९।०६ वृद्धि भएको छ ।

प्रवक्ता उपाध्यायले मूल्य समायोजन नगर्दा निगमलाई अर्धमासिक रुपमा करिब रु. ६७ करोड ५५ लाख घाटा हुने पनि जानकारी दिनुभएको छ ।