• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारको वार्षिक प्रतिवेदन आ. व. २०७९/८० प्रतिनिधि सभा बैठकमा पेश ★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ?

रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण



काठमाडौं । नेपाल प्रहरीका रमेश गोतमेले दोश्रो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष १२५ केजी फाइनलमा रमेशले मधेश प्रदेशका राज यादवलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ६१ केजीमा एपीएफका शमकिशोर यादव, ६५ केजीमा मेधशका कुन्दन शाह, ७० केजीमा मधेशका सुजित यादव, ७४ केजीमा नेपाल आर्मीका सुरेश चुनारा, ८६ केजीमा मधेशका निखिलराज पटेल र ९७ केजीमा नेपाल प्रहरीका त्रिलोकप्रसाद यादवले पहिलो स्थान हात पारे ।

नेपाल कुस्ती संघद्वारा आयोजित प्रतियोगिताको महिला ५३ केजीमा आर्मीकी सम्झना थारु, ५५ केजीमा प्रहरीकी मनीषा सिंह, ५७ केजीमा आर्मीकी शिवाङगी दुवे, ६२ केजीमा आर्मीकी सुशिला चन्द, ६५ केजीमा आर्मीकी लक्ष्मी भट्ट, ७२ केजीमा एपीएफकी हेमा भट्ट र ७६ केजीमा आर्मीकी रचना श्रेष्ठले स्वर्ण जिते ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य अञ्जन धमला, राखेपका सदस्य समेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । पुरुष/महिलामा समान ७–७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।