२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण



Symbolic Picture
अ+ अ-

रुपन्देही । सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सयम निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ । पाल्पाको दोभानबाट बुटवल धागो कारखाना, धागो कारखानाबाट सुनवल र दोभानबाट भैरहवा अञ्चलपुरसम्म चल्ने टिपरका लागि सयम निर्धारण गरिएको हो । टिपअनुसारको ज्याला पाउने भएकाले अत्यधिक गतिमा टिपर चलाउँदा दुर्घटना बढेका कारण अनिवार्य समय निर्धारण गरिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सोमबार बुटवलमा पत्रकार भेटघाट गरी जानकारी गराएको छ । दोभानबाट धागोकारखानासम्म ११ किलोमिटर दूरी ३३ मिनेट समयमा पुग्ने गरी सयम तोकिएको छ ।

धागो कारखानाबाट सुनवलसम्म २३ किलोमिटरको दूरी ४६ मिनेटमा र दोभानबाट भैरहवा अञ्चलपुरसम्मको २८ किलोमिटर दूरी ५६ मिनेटमा पुग्ने गरी सयम निर्धारण गरिएको ट्राफिक प्रहरी प्रमुख डम्बरबहादुर विकले  जानकारी दिनुभयो । टाइम कार्ड लिएका टिपरले प्रहरी चौकीमा अनिवार्य  प्रवेश (इन्ट्री) गराउनुपर्ने छ ।  तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियमअनुसारको कारवाहीमा पर्नेछन् । प्रत्येक टिपर चालकलाई एक÷एकवटा सयम निर्धारणका कार्ड वितरण गरिने र सो कार्ड देखाइ तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र इन्ट्री नगराइ गएमा जरिवाना लाग्ने ट्राफिक प्रहरी प्रमुख विकले बताउनुभयो सयम निर्धारण भएपछि टिपरको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी ल्याउने र यात्रुलाई सडकमा यात्रा गर्न सजिलो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
 
सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सडक लेनको प्रयोगबारे सवारी चालक र यात्रुलाई सचेत बनाउने कामसमेत शुरु गरेको जनाएको छ । सडकमै यात्रु तथा चालकलाई लेनको अनुशासनबारे सचेत गराउने काम भइरहेको छ । सडक सुरक्षाका लागि नयाँ प्रहरीलाई प्रशिक्षित गरी सडकमा खटाउने तयारी गरेको ट्राफिक प्रहरी प्रमुख विकले बताउनुभयो । “अहिले ३० ट्राफिक प्रहरीलाई तालिम दिइरहेका छौँ, थप गरी सडक व्यवस्थापनका लागि परिचालन गर्दैछौँ”, उहाँले भन्नुभयो ।
 
प्रहरीले सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो छ महिनामा लुम्बिनी प्रदेशमा १६ दशमलव ५५ प्रतिशतले दुर्घटना वृद्धि भएको छ । आर्थिक वर्ष २०७७ साउन १ देखि पुस मसान्तसम्म ९०१ सवारी दुर्घटना भएका छन् । गत वर्षको साउनदेखि पुस मसान्तसम्म ७७३ दुर्घटना भएका थिए । सवारी दुर्घटना बढे पनि मानिसको मृत्यु भने कम भएको छ । पछिल्लो छ महिनामा २५६ को मृत्यु भएको छ भने अघिल्लो वर्षको छ महिनामा २७६ को मृत्यु भएको थियो । प्रहरीले सडक सुरक्षा र जनचेतनाका लागि सडकमा डमी ट्राफिक प्रहरीको प्रयोगसमेत गरेको छ । बुटवल, भैरहवा र कपिलवस्तुको बुद्धभूमि चोकमा गरी १० डमी ट्राफिक प्रहरी प्रयोग गरिएको हो ।

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना नियन्त्रणका लागि प्रहरीले अघि सारेका कार्यक्रममा सबैको सहयोग र सहकार्य आवश्यक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।