• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

कांग्रेस प्रधानमन्त्री भइदेउ भनेर जहाँ पनि पुग्छ – ओली



file photo

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रन्थनिरहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले यस्तो टीप्पणी गरेका हुन् ।

ओलीले भने – ‘आज कांग्रेसले के गर्छ, हेर्नुपर्ने छ । कांग्रेस अत्यन्तै रहन्थनियो । के गर्ने, के नगर्ने, प्रधानमन्त्री भइदेउ भनेर यता पनि पुगेको छ, उता पनि पुगेको छ ।’

प्रमुख प्रतिपक्ष कांग्रेसले यसअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो ।ओलीले यसैलाई लिएर टीप्पणी गरेका हुन् ।

तस्बिरः ओलीको सचिवालय