६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अधिवेशन आजदेखि : संसद् चल्ने कि नचल्ने अन्योल



अ+ अ-

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजे पहिलो बैठक आह्वान भएको छ । त्यही अनुसार संसद् सचिवालयले तयारीसमेत गरिरहेको छ । तर बैठक चल्ने या नचल्नेमा भने अन्योल छ ।

संसद सचिवालयले बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको छ । यसले राजनीतिक वातावरणसमेत तयार हुने अपेक्षा सचिवालयको छ ।

अधिवेशनलाई सहज रुमपा अघि बढाउन सभामुख देवराज घिमिरेले हिजो प्रतिनिधिसभामा रहेका प्रमुख पाँच दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएर अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुले शुभकामना दिने अभ्यास रहेको बताउनुभयो । यसका लागि सहज वातावरण बनाइदिन उहाँले प्रमुख सचेतकहरुलाई आग्रह पनि गर्नुभयो ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्ना माग पूरा नभएको भन्दै गृहमन्त्री रवि लामिछानलाई बोल्न नदिने पक्षमा छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो ।

सामान्यत: संसद् अधिवेशन सुरु भएको पहिलो दिन शीर्ष नेताहरुले बोल्ने अभ्यास छ । तर आजको बैठक बोल्ने वातावरण मिल्छ कि मिल्दैन भन्न सकिने अवस्था छैन । आजै बस्ते कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को कार्यसूची बनाउने छ ।