२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री



अ+ अ-

बेदकोट । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन्भने कोही बिक्रीमा व्यस्त छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन् ।

कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थाप्नुभएको हो । वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने उहाँ बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आउनुभएको छ ।

“बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घरखर्च चलेको छ”, रामकृष्णले भन्नुभयो, “दैनिक रु तीन/चार हजारको बिक्री हुन्छ ।” उहाँका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५/२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम रु ५० का दरले तर्बुजा बिक्री हुने गरेको छ ।

“गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ”, उहाँले भन्नुभयो, “यो सिजनमा राम्रो आम्दानी हुन्छ ।” वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिनुहुन्छ । उहाँले वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा तर्बुजा खेती गर्नुभएको छ ।

“आफ्नो बारीमा तर्बुजा पाकेको छैन । अरुबाट रु ३० मा प्रतिकिलोग्राम किनेर रु ५० मा बेच्दैछौँ”, उहाँले भन्नुभयो, “केही दिनमा आफ्नै बारीको तर्बुजा तयार हुन्छ ।”वनरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन् । “सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे । उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ”, सालिकराम भन्नुहुन्छ, “अहिले बगरमा भारतीय छैनन् ।”

माघदेखि बगरमा तर्बुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तर्बुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ । “अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन । ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै तर्बुजा बेच्छौँ,” बासपति रानाले भन्नुभयो, “अरु बेला मजदुरी गरेर घरखर्च जुटाइन्छ ।” रासस