६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ?



अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकै पटक ५ सय १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको निर्णय अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका सशस्त्र प्रहरी गणमा अक्षयकुमार रावल, जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अजय डाँगी, गण्डकी प्रदेश प्रहरी कायाृलय आन्तरिक लेखा परीक्षण शाखा पोखरामा अनिता महतको सरुवा भएको छ ।

यस्तै प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ ।

इन्स्पेक्टर हरि वलीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाइएको छ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सोनुकुमार शाह, महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशालामा सूर्यबहादुर राना मगर र बारा स्थित इलाका प्रहरी कार्यालय प्रसौनीमा सुरेशराज भट्टलाई पठाइएको छ ।

cha_6769_insp-1