२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको त्रासमा किन चाहियो मांशाहारी आन्दोलन ?



अ+ अ-

काठमाडौँमा यतिखेर आन्दोलनको मौसम शुरु भएको छ । पुस ५ गतेको कठ्यांग्रिने जाडोमा प्रधानमन्त्री केपी ओलीले अकस्मात र अकल्पनीय रुपमा आफ्नै दलको स्पष्ट बहुमत रहेको संसद विघटन गरिदिएपछि अकस्मात बढेको राजनीतिक सरगर्मीले अहिले काठमाडौंका सडक तातिएका छन् । कहिले नेताहरुले म यहाँ छु भनेर छातीमा टाँसेका स्टिकरहरु भिरेर माइतीघर मण्डलामा देखिन्छन् भने कहिले कुन पार्टी प्यालेस या प्रज्ञा भवन । भ्याइ नभ्याइ छ नेताहरुलाई । नारा जुलुश, गालीगलौज आदि छ, जारी नै छ । 
यतिमा मात्र त आपत्ति थिएन । यहाँ आपत्तिको कुरा चाहिँ मांशाहारी आन्दोलनको खोजीको हो । यसो हुँदा प्रज्ञा भवन या यस्तै बन्द कोठको आन्दोलनले नपुग्ने देखिँदैछ नेताहरुकै अभिव्यक्तिले पनि । अहिले नेकपा दाहाल नेपाल र ओली समूहमा विभाजित छ । यो विभाजनपछि दाहाल नेपाल समूह सडकमा देखिन्छ भने ओली समूह सत्तामा । यसरी सरसर्ती हेर्दा सत्ताले सडकले पेलेको देखिन्छ, जुन नेपाली राजनीतिको प्रवृत्ति नै हो । यही प्रवृत्तिले पेलिएको दाहाल नेपाल समूहले अझै पेलिने चाह व्यक्त गर्दैछ । यति सजिलो र सहज आन्दोलनले केही हुदैन भन्ने निष्कर्ष यस समूहले निकालेको छ । 
गत हप्ता प्रज्ञा भवनको आफ्नो समूहको सभालाई सम्बोधन गर्दै नेकपा दाहाल नेपाल समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– यो शाकाहारी आन्दोलनले केही नहुने देखिँदैछ, मलाई लाग्छ हामीले एक पटक मांशाहारी आन्दोलन नै गर्नुपर्नेछ, मांशाहारी आन्दोलन गरेर एक पटक लाठी खान पनि मन लागेको छ । सडकमै भएको दलले आन्दोलनको खोजी गर्नु त स्वाभाविकै हो । तर यो दलले किन लाठी खाने चाह गर्यो र उसले खोजेको मांशाहारी आन्दोलन कस्तो हो भन्ने कुराले भने जनतालाई चिन्तित बनाएको छ । 
चिन्ता उनीहरुले लाठी खाने भए भनेर होइन, बरु यस्तो कोरोना भाइरसको त्रास बढी नै रहेका बेला उनीहरु किन मांशाहारी आन्दोलन गर्न खोज्दैछन् भन्ने कुराले बढी चिन्ता थपिदिएको हो । उनको यो अभिव्यक्तिबाट लाग्छ अबका केही दिनमा गृहमन्त्री बादलले हाँकेको प्रहरीको लाठी प्रचण्डको थाप्लोमा पर्ने दिन पनि आउनसक्छ । यदि त्यसो भयो भने त्यसमाथि अचम्म नमाने हुन्छ । 
देश त राजनीतिक अस्थिरतामा धकेलियो नै । आफूसँग छँदाखाँदाको स्पष्ट बहुमतको संसदलई क्षणभरमै भंग गरेर चुनावमा जान प्रधानमन्त्री र राष्ट्रपति नै तयार भएपछि यसको मूल्य राष्ट्रले चुकाउनुपर्ने बाध्यात्मक अवस्था आइसकेको छ । तर देशबासी अझै पनि महामारीको त्राणबाट तंगरिन सकेका छैनन् । यतिमात्र होइन कि महामारी देशमा सकिएकै छैन । यो महामारीको अवस्थाको आँकलन राष्ट्रले गर्न अझै सकिरहेको छैन । 
भर्खरै मात्र कतिपय उद्योग, कलकारखाना खुल्ने तरखर गर्दैछन् । विद्यालय केही खुले केही अझै बन्दै किन छनभने उनीहरुका आभिभावकले विद्यालय पठाउन मानेका छैनन् । गएको आठ महिनाभन्दा लामो समयदेखिको महामारीको मारलाई कसरी पुनर्ताजगी गर्ने भन्ने भेउ अझै पाउन सकेको छैन । अनि यस्तो बेलामा नेताहरु भने मांशाहारी आन्दोलन खोजेर के गर्न चाहेका हुन् ? 
हिजोमात्रको स्वास्थ्य मन्त्रालयको डाटा हेर्ने हो भने कोरोनाबाट ज्यान जानेको संख्या ६ छ भने यसबाट संक्रमित हुनेको संख्या ४०० भन्दा बढी छ । उता राजधानीमै बेलायतबाट आएका तीन जना व्यक्तिमा कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमण भेटिएको प्रचार पनि सरकारले गरि नै रहेको छ । यसको त्रास पनि देशमा बढ्ने नै छ किनभने यसले बेलायत र अरु युरोपेली देशहरुमा पनि यो नयाँ स्वरुपको भाइरसको त्रास त देखिएकै छ । यस्तो बेलामा हामी अझै सतर्क र संयमित हुनु आवश्यक छ । 
यस्तो बेलामा हामीले पहिलेका भन्दा पनि अझ सुरक्षित मापदण्ड अपनाउनु अत्यावश्यक नै छ । यस्तो बेलामा नेताहरुले किन मांशाहारी आन्दोलन खोजेका हुन् ? नेता जनताको स्वास्थ्यप्रति सजग छन् कि छै्रनन् ? अनि प्रधानमन्त्री स्वयं पनि आफ्नो पक्षका मानिसहरुको भिड नै जम्मा गरेर भाषण गर्दै मानिस उचाल्दै हिँड्ने गरेका छन् । यतिमात्र नभएर कुन दलले कति गते र कुनले कहिले जुलुश निकाल्ने भनेर रुटिन नै गर्न थालेका छन् । यस्तो बेलामा नेताको मांशाहारी आन्दोलनको अर्थ के हो ?