६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी



अ+ अ-

दमौली (तनहुँ) । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन् । कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ ।

कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन् । रासस