• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु



एजेन्सी । दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक कम्पनीद्वारा सञ्चालित अन्तरप्रदेशीय बस पुनो–कुस्को मार्गमा जाँदै गर्दा स्थानीय समय अनुसार दिउँसो करिब २ः०० बजे दुर्घटना भएको सरकारी समाचार एजेन्सी एन्डिनाले जनाएको छ ।

पुनो राजमार्ग प्रहरीका प्रमुख डेभिड सोटा परेडेसले रेडियो प्रोग्रामासलाई बसमा २४ जना यात्रुसहित कस्को सहरतर्फ गइरहेको बताउनुभयो । पीडितमध्ये छ महिनाको बच्चा पनि रहेको राष्ट्रिय प्रहरीले उद्धृत गरेको छ ।

राज्य सञ्चालित टिभी पेरु नोटिसियाले केही गम्भीरसहित घाइतेहरूलाई सान जुआन डे डिओस अयाभिरी अस्पताल र सान्ता रोजा जिल्लाको क्लिनिकमा उपचारका लागि लगिएको जानकारी गराएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।