२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यी क्षेत्रका उपत्यकाबासीले लोडसेडिङ खेप्नु पर्ने, हेर्नुहोस् ! कुन–कुन स्थानमा आज बिजुली आउँदैन



अ+ अ-

काठमाडौँ । उपत्यकाबासीले आज केही समयको लागि लोडसेडिङ खेप्नु पर्ने भएको छ । ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्र र सुकेधारा, चण्डोल, महाराजगंज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपासको क्षेत्रमा आज लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

ललितपुरको उक्त क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा र सुकेधारा, चण्डोलको अन्य क्षेत्रमा एक बजेदेखि दुई बजेसम्म एक घण्टाको लागि विद्युत अवरुद्ध हुने प्राधिकरणको भनाइ छ । 

लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफरमर जलेकोले सो ट्रान्सफरम मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक घण्टा बिजुली जाने र सुकेधारा, चण्डोल क्षेत्रमा ओम फिडर अन्तर्गतको कुमारी मन्दिर एरियामा ट्रान्सफरमर इन्स्टलेसन गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारेको छ ।