२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दावा छिरिङको होटेल भियनामा सीआईबीको छापा



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा हिरासतमा रहेका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङको लगानी रहेको होटेल भियनामा सीआईबीले छापा मारेको छ ।

हुण्डी कारोबार भएको आशंकामा सीआईबीले होटेल भियनामा छापा मारेको बताइएको छ । यसअघि पनि प्रहरी र राजश्व अनुसन्धान विभागले उक्त होटलमा छुट्टाछुट्टै छापा मार्दै आएका थिए ।

दावा हाल सुन तस्करी प्रकरणमा पुर्पक्षमा थुनामा रहेका छन् । दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले रोल्पाकी रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ । फरार रहेकी रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ ।