२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमण पूरा गरी गएराति स्वदेश फर्किनुभएको छ । विदेश जाँदा सग्लो पार्टी छाडेर हिँड्नु भएका यादव स्वदेश फर्किंदा दुई टुक्रा भइसकेको छ ।

कतार एयरवेजको जहाजबाट राति १ बजे उहाँ काठमाडौं आइपुग्नुभएको हो । उहाँलाई विमानस्थलमा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले स्वागत गरेका थिए ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका जानुभएको थियो । तर एक सातामा नेपाल फर्किँदा यादवले पार्टी विभाजन भइरहेको थियो ।

यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएका अशोक राई नै पार्टी विभाजन गर्नुभएको हो । जसपाका १२ मध्ये ७ जना सांसद नयाँ पार्टीमा लागेका छन् । यादवको पक्षमा अब प्रतिनिधिसभामा ५ सांसद मात्र रहने छन् ।

पार्टी विभाजनको पीडाका बीच अध्यक्ष यादवले आजै संसदीय दलको बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका आफ्ना सबै सांसदलाई उपस्थितिका लागि भनिएको छ । आजको बैठकले पार्टी विभाजनको समीक्षा गर्ने छ ।

सत्ता सहयात्री दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कारण आफ्नो दल विभाजित भएको बुझाइ यादवको छ । उहाँले आजै उपप्रधान तथा स्वास्थ्यमन्त्रीको पदबाट राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सम्भावना रहेको स्रोतको दाबी छ । यसअघि अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गर्ने बताइएको छ ।