• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने



काठमाडौँ । चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । किराँत राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ ।

नेपाली समाजमा सन्तन हुर्काउन बुबाले गरेको संघर्ष, यस चलचित्रमा देख्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्म गाउँ आएको बाटोमा गाउँमा बाटो आएपछिको समस्या, सम्बन्धमा मनमुटावका कथावस्तुलाई समेटिएको बताउनु भयो । त्यस्तै गायक राजेशपायल राईले फिल्ममा आफू पनि जोडिन पाउँदा खुशी लागेको बताउनु भयो ।

नविन सुब्बाद्वारा निर्देशिक चलचित्र गाउँ आएको बाटोमा दयाहाङ राई, प्रसन राई, प्रेम सुब्बा, राज थापा, केशव राई लगायतको अभिनय रहेको छ । जोस हेरमद्वारा छायांकन भएको चलचित्रको सम्पादक क्वान पुन लुङ हुनुहुन्छ । अमोद राईले निर्माण गर्नुभएको चलचित्रको लेखन नविन सुब्बा र महेश राईको हो ।