१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ । चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । किराँत राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ ।

नेपाली समाजमा सन्तन हुर्काउन बुबाले गरेको संघर्ष, यस चलचित्रमा देख्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्म गाउँ आएको बाटोमा गाउँमा बाटो आएपछिको समस्या, सम्बन्धमा मनमुटावका कथावस्तुलाई समेटिएको बताउनु भयो । त्यस्तै गायक राजेशपायल राईले फिल्ममा आफू पनि जोडिन पाउँदा खुशी लागेको बताउनु भयो ।

नविन सुब्बाद्वारा निर्देशिक चलचित्र गाउँ आएको बाटोमा दयाहाङ राई, प्रसन राई, प्रेम सुब्बा, राज थापा, केशव राई लगायतको अभिनय रहेको छ । जोस हेरमद्वारा छायांकन भएको चलचित्रको सम्पादक क्वान पुन लुङ हुनुहुन्छ । अमोद राईले निर्माण गर्नुभएको चलचित्रको लेखन नविन सुब्बा र महेश राईको हो ।