११ श्रावण २०८३, सोमबार
,
Latest
राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड



अ+ अ-

कास्की । फुटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फुटबल खेल विकासमा क्रियाशील पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घको अवार्ड प्रदान गरिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गरेको आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’मा सहारालाई सो अवार्ड प्रदान गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ ।

छैटौँ सस्करणसम्म यस विधाअन्तर्गतको अवार्ड खेलसम्बन्धी सङ्घलाई मात्र प्रदान गरिँदै आएकामा सातौँ संस्करणदेखि खेल सङ्घ वा क्लबमध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।

विसं २०५५ भदौमा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौँ’ भन्ने नाराका साथ स्थापित क्लब स्वदेशसँगै विदेशसम्म फैलिएको छ ।

स्थापनादेखि उक्त क्लबले निरन्तर खेलकुद र सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ । विसं २०५६ मा पृथ्वीचोकमा सार्वजनिक शौचालय निर्माण गरेर सामाजिक कार्यको सुरुआत गरेको क्लबले विसं २०५७ मा ‘सहारा कप’ क्लब स्तरीय ‘लिग कम नकआउट फुटबल’ प्रतियोगिता सञ्चालन गरेको थियो ।

विसं २०५८ मा ‘क्याराभान गोल्डकप फुटबल’ प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिरहेको छ । हालसम्म २३औँ संस्करण सम्पन्न भइसकेको छ ।

पोखरा तथा यस आसपासमा फुटबल खेलतर्फको रौनकता बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । असहज समयमा समेत यस प्रतियोतालाई निरन्तरता दिएकाले क्लबले फुटबल खेलको क्षेत्रमा अब्बल क्लबको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

सहाराले विसं २०६९ देखि सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमार्फत क्लबले अनाथ तथा असाहय बालबालिकालाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीनानाथ बरालले जानकारी दिनुभयो ।

यसैगरी मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । साथै अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही रु ३५/३५ हजार प्रदान गरिने मञ्चले जनाएको छ ।