• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै



काठमाडौँ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोमबार) राति इंग्ल्यान्ड ‘सी’ टोलीसँग खेल्दैछ ।

खेल अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपाल सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल्न बेलायत पुगेको हो ।

विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते घरेलु मैदान दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विश्वकप छनोटबाट भने यसअघि नै बाहिरिइसकेको छ ।