• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

टोटेनहममाथि लिभरपुलको सहज जित



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, एन्ड्रीउ रोबर्टसन, कोडी गाक्पो र हार्भी इलिओटले गोल गरे । टोटेनहमका रिचार्लीसन र सन हेउंग मिनले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

यो जितसँगै लिभरपुलको ३६ खेलबाट ७८ अंह रहेको छ । लिभरपुल तालिकाको तेस्रो स्थानमा छ । ३६ खेलबाट ८३ अंकसहित आर्सनल शीर्षस्थानमा रहँदा ३५ खेलबाट म्यान्चेस्टर सिटी ८२ अंकका साथ दोस्रो स्थानमा छ । टोटेनहम ३५ खेलबाट ६० अंकका साथ पाँचौं स्थानमा छ ।