• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० सांसदको समर्थन रह्यो । त्यसपछि सभामुख कृष्णप्रसाद धितालले मत अधिकार भएको भन्दै प्रस्तावको पक्षमा मत हाल्दै मुख्यमन्त्री अधिकारीले विस्वासको मत पाएको घोषणा गरे ।

प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २७ सांसदले मत हाले । राप्रपाका दुई सांसद तटस्थ रहे । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् ।