५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा



अ+ अ-

मन्थली । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा सङ्कटमा परेको छ ।

रामेछाप नगरपालिका–७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन सुरु गरेकी ज्ञानुकालाई जङ्गलबाट टिपेर ल्याउनुपर्ने सालको पात पाउनै मुस्किल छ । रामेछाप नगरपालिकाले सालको पातको उक्त सामान बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचकासाथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वनमा आगलागीले सखाप बनायो । दुना टपरी र बोतो व्यवसाय गरेर दैनिक घरखर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो ।

बिशेषगरी यो धार्मिक र सामाजिक कार्यमा प्रयोग हुने गर्दछ, चोखा सामग्रीको रुपमा लिइने यी सामग्री, श्राद्ध, रुद्री पुजा, बिवाह व्रतब्न्ध, न्वारान र मृत्यु संस्कारका लागि समेत यो उपयोगी बस्तुका रुपमा मानिन्छ । आफूले व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेकी थिइन् । उनले २० जनाको समूहसमेत बनाइसकेकी थिइन् । ती सबै महिला दिदीबहिनीलाई समेत काम सिकाएर व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उहाँको सोच थियो । जिल्लामा विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जङ्गल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ । जङ्गलमा खेर गइरहेको सालको पातबाट दुना टपरी, बोतो बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिका सँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागि रु दुई लाख दिएको हो ।

वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की ब्यवसायी सिर्जना कार्की बताउनुहुन्छ । टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हदसम्म भएपनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो । तर सिर्जनाको यो इच्छा पनि इच्छामै सीमित रह्यो । घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी हुनुहुन्थ्यो । तर वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ ।

ज्ञानुकाले सालको पात प्रतिकेजी रु ३० मा किन्ने गर्नुभएको थियो । त्यसबाट उत्पादन गरेको टपरी रु १० प्रतिगोटा र बोता तथा दुना रु पाँच प्रतिगोटाले बिक्री गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो “अहिले डढेलोले जङ्गल सखाप पार्‍यो सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो । डढेलोले जङ्गल सखाप भएपछि सालको पात बेच्ने र दुना टपरी वानउनेको रोजीरोटी समेत खोसियो ।”

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जङ्गलमा आगो लगाउने जोसुकैलाई कडा कारबाही गरिने बताउनुभएको छ । उहाँले जङ्गलमा आगो लगाउनेको पहिचाहन गर्न डिभीजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाईसमेत निर्देशन दिई डढेलो लाग्नबाट वचाउनसमेत अनुरोध गर्नुभयो । रासस