२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिनामा २१६ सवारी दुर्घटना, मोटरसाइकल दुर्घटना प्रमुख



अ+ अ-

चितवन । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन् । पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा ३४ वटा दुर्घटनामा छ जनाको मृत्यु र पृथ्वी राजमार्गमा भएका १२ दुर्घटनामा सात जनाको मृत्यु भएको छ । भरतपुर नगर (रिङरोड)मा भएका ३७ दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य सडमा भएका ५८ दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना मङ्सिरमा भएका छन् । मङ्सिरमा मात्र ५२ दुर्घटना भएको कार्यालयले जनाएको छ । चालु आवको पुस मसान्तसम्म सवारी दुर्घटनामा परी मृत्यु हुने ५८ जनामध्ये पुरूष ४८, महिला छ, बालक एक र बालिका तीन जना रहेका छन् ।

छ महिनाको अवधिमा भएका २१६ वटा दुर्घटनामा ३३६ सवारीसाधन संलग्न भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १६३ वटा मोटरसाइकल रहेका छन् । जिल्लामा भएका दुर्घटनामा तीव्र गति मुख्य कारण रहेको उहाँको भनाइ छ । तीव्र गतिका कारण १६१ वटा दुर्घटना भएको छ । चालकको लापर्बाहीले ३८, ओभरटेकका कारण १०, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सात र यात्रुको गल्ती र यान्त्रिक खराबीका कारण एक/एक वटा दुर्घटना भएको उहाँको भनाइ छ । राजधानी प्रवेश र बाहिरिने मुख्य सडक यसै जिल्ला हुँदै जाने भएकाले सवारी दुर्घटना बढी भएका छन् । जिल्लाका अधिकांश भागमा सवारी साधन पुग्ने र सडकको अवस्था राम्रो नभएकाले पनि दुर्घटना बढेका हुन् ।