८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकको घाँटी रेटेर जंगलमा हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोसहित पक्राउ



अ+ अ-

मोरङ  । प्रहरीले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई पेस्तोलसहित पक्राउ गरेको छ।  बुधबार मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई जिल्लाको बुढीगंगा गाउँपालिका-४ मा स्थित औद्योगिक क्षेत्रबाट हतियारसहित पक्राउ गरेको हो।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो । 

संखुवासभा साबिक मादी गाविस रामवेनी-७ हाल मादी नगरपालिका-४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ।

प्रहरी उपरीक्षक खड्काका अनुसार विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो।

त्यो घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको थियो।