२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारी गर्नुभएको छ । यसअघि उहाँले हिजै विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर अन्तिम समयमा आएर प्रदेशसभा बैठक नै स्थगित गरियो ।

हिजो विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि आजको लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । हिजो साँझ ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो । बिहान ८ बजेको लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन ।

नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित गरिएको हो ।

आज अपराह्न साढे ५ बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रहपछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दल नेकपा एमाले भने थप रिसाएको छ । शुक्रबारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिबार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले जनाएको छ ।

बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ ।
आज आफूहरू जिल्लामा नहुने भनेर मुख्यमन्त्रीलाई र सभामुखलाई जानकारी गराउँदा पनि विश्वासको मत दिनका लागि बैठक आह्वान गरेकोप्रति एमाले रुष्ट भएको हो ।




भर्खरै