• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती ★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न ★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा



काठमाडौँ: प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्रचुड  नेपालको तीन दिने औपचारिक भ्रमणमा आउनुभएको छ । भारतका प्रधानन्यायाधीश चन्द्रचुड सहितको प्रतिनिधिमण्डल आज नेपाल आइपुगेको हो । भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गर्नुभयो ।

भारतका प्रधान न्यायाधीश डा चन्द्रचुडले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ । शनिबर साँझ नेपालका प्रधान न्यायाधीश र भारतका प्रधानन्यायाधीशबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ । नेपालका प्रधान न्यायाधीशले भारतको प्रधान न्यायाधीशको सम्मानमा भोलि शनिबार रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा भारतका प्रधान न्यायाधीशसहित उहाँकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा रहनुभएको छ । उक्त उच्चस्तरीय भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।रासस