• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

चेल्सीले टोटेनहमलाई हरायो



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन खेलको २४ औं मिनेटमा ट्रेभोह चालोवाह र ७२ औं मिनेटमा निकोलास ज्याक्सनले गोल गरे ।

यो नतिजापछि टोटेनहम ३४ खेलबाट ६० अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने चेल्सी ५१ अंकका साथ आठौं स्थानमा छ ।