२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा प्रदान गरिएको खोप प्रधानमन्त्रीलाई हस्तान्तरण



अ+ अ-

काठमाडौंः नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमबीच भारत सरकारका तर्फबाट उपहार स्वरुप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण गर्नु भयो ।

भारतले नेपाललाई १० लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको हो । यो खोप आजै एयर इन्डियाको विमानबाट नेपाल आइसकेको छ ।

भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड नामको खोप नेपाल ल्याइएको हो । यो खोपलाई नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट प्राप्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लगाइने तयारी छ ।