२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ल्याइएको कोभिसिल्ड खोप उत्पादक कारखानामा भिषण आगलागी



अ+ अ-

पुणे, महाराष्ट्रः नेपाल समेत भारत र अन्य मुलुकमा कोभिड–१९ विरुद्धको खोप वितरण गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाको पुणेस्थित कारखानामा भिषण आगलागी भएको छ ।

भारतीय संचार संस्था एनडिटिभीका अनुसार सेरमको निर्माणाधीन कारखानामा आगलागी भएको हो । तर आगलागीबाट कोभिसिल्ड खोप उत्पादन गर्ने प्लान्टमा कुनै क्षति नपुगेको अधिकारीहरुले बताएका छन् ।

भारत सरकारले नेपाललाई उपहार स्वरुप प्रदान गरेको १० लाख डोज कोभिसिल्ड खोप पनि सेरमले नै उत्पादन गरेको हो ।

सेरमले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको भ्याक्सिनलाई भारतमा उत्पादन गरिरहेको छ ।

आगलागी निकै डरलाग्दो भएको भन्दै १० वटा अग्निनियन्त्रक घटनास्थलमा पुगेका छन् । आगो नियन्त्रणमा ल्याउन निकै ठूलो प्रयास भइरहेको छ ।

सेरमले आफूलाई विश्वमै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनीका रुपमा दाबी गर्दै आएको छ । पुणेमा यसको प्लान्ट १०० एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ ।

खोप उत्पादनका लागि भन्दै सेरमले हाल कम्तीमा १० वटा भवन निर्माण गरिरहेको जनाएको छ ।