२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने कारागार चलान



अ+ अ-

काठमाडौ । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने अदालत मागेको घरौटी रकम बुझाउन नसके पछि कारागार चलान भएका छन् ।  बिहिबार जिल्ला अदालत भक्तपुरले मागेको ३५ लाख रुपिया धरौटी बुझाउन नसक्ने जनाएपछि न्यौपाने लाई सदरखोर डिल्लीबजार चलान गरिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको जग्गा प्रकरणमा   ७० लाख रुपैयाँ घुस दिएको  भिडियो प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।

न्यौपाने सहित अन्य पाँच जनाले कलेजको  ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दा थियो। मुद्धा दायर भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर १० गते चण्डोलस्थित निवासबाटै न्यौपानेलाई पक्राउ गरेको थियो ।