२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा



अ+ अ-

सिमकोट । मुगुको गमगढीमा बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।

काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो । सो शिविरमा नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माको नेतृत्वमा सो अस्पतालका २५ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा सहभागी भएका थिए ।

सो टोलीले हिजोमात्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका एक हजार आठ सय जनालाई उपचार सेवा दिएको थियो । त्यसैगरी सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

गमगढीमा आयोजित सो शिविरमा मुटु रोग, बाथरोग, न्यूरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधि वितरण गरिएको सांसद डा शर्माले जानकारी दिनुभयो । यसरी स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको र उनीहरुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुलाई काठमाडौँ रेफर गरिएको डा शर्माले बताउनुभयो ।

सामान्य रोग देखिएका र यहीँ सम्भव हुने नागरिकलाई यही शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशङ्का लागेकालाई बाटोखर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा नि:शुल्क शल्यक्रिया तथा थप उपचार गरिने पनि डा शर्माले बताउनुभयो ।

उहाँले सुलभरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका हुम्लालगायत कर्णाली र सुदुरश्चिमका स्थानमा पुगेर नि:शुल्क सेवा दिने उद्देश्यले यही वैशाख १३ गतेदेखि कर्णालीका विभिन्न जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर राखेर उपचार दिइएको जानकारी दिनुभयो । रासस




भर्खरै