२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेको छ । चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेको छ भने एक परिवार इलामको पशुपति बजार पुगेको छ । घुन्सा गाउँमा २८ परिवार स्थायीरूपमा बासोबास गर्दै आएको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । बाह्र परिवारले हिमपातसँगै जाडो छल्न गाउँ छाडेपछि १६ परिवार मात्र घुन्सा गाउँमा रहेको छ ।  

घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ । प्रत्येक वर्षको पुस, माघ र फागुन तीन महिना गाउँलाई नै हिउँले छोप्ने गर्दछ । हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । पग्लिन एक महिनासम्म लाग्न सक्छ । तीन महिना हिउँ र चिसोका कारणले निकै कष्टकर समय बिताउनु पर्ने भएकाले हिउँ र जाडो छल्न प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको शेर्पाले बताउनुभयो । 

हिमाली क्षेत्र भएकाले यहाँ खेतीपाती हुँदैन । कञ्चनजङ्घा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर रहेको छ । यस वर्ष कोरोनाका कारण कञ्चनजङ्घामा पर्यटक आउन सकेनन् । पर्यटक नआएपछि आर्थिक स्रोत जुटाउन नसकेको टासी तेन्जी शेर्पाले बताउनुभयो । आर्थिक अभाव र केही चौँरी याक गोठ भएकाले यस वर्ष हिउँ र जाडो छल्न १६ परिवार जान नसकेको शेर्पाले बताउनुभयो । बाह्र परिवारले संरक्षण ऋण तथा बचत सहकारीमा जम्मा गरेको बचत फिर्ता लिएर हिउँ र जाडो छल्न गएको उहाँले बताउनुभयो । गत महिना संरक्षण ऋण तथा बचत सहकारीबाट घुन्सा गाउँका सहकारी सदस्यहरुले रु ११ लाख बचत फिर्ता लिएको सहकारीका वित्तीय सहजकर्ता अभिषेक केदेमले जानकारी दिनुभयो ।