• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौँ । आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यानले) बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा सागर ढकाल र कमलसिंह ऐरी समेटिएका छन् ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । यस समूह डी मा नेपाल र नेदरल्यान्ड्ससँगै दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका रहेको छ ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहोरा, सागर ढकाल र कमल सिंह ऐरी छन् ।