काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७ र २७ गते दुई चरणमा हुने निर्वाचनका लागि पहिलो चरणमा २ नम्बर प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा गर्ने सोच सरकारको रहेको बताउनु भएको छ ।
शसस्त्र प्रहरी दिवसमा प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, दुई चरणमा निर्वाचन गर्ने क्षेत्र निर्धारणको काम भै रहेको छ । दोस्राे चरणमा १ नम्बर प्रदेश ,बाग्मती र कर्णाली प्रदेशमा गर्ने सोच छ । तर याे मेराे निजी विचार हाे, र यसलाइ टुंगाेमा पुर्याउन गृहकार्य भइरहेकाे छ ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली नै उपयुक्त होइन भन्ने सिद्ध गर्न अनेक झलक देखिन थालेको भन्दै सचेत रहन शसस्त्र प्रहरी बललाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा हिंसालाई प्रोत्साहन दिइएको भन्दै प्रश्न गर्नुभयो, 'ननभेज' आन्दोलन भनेको के हो ? आजको आन्दोलनमा केही रफु भरिन सक्ने भए पनि वास्तविक कुरा बाहिर आएको भन्दै प्रधानमन्त्री ओलीले संविधान र कानूनको पालना गर्दै शान्ति सुव्यवस्था कायम राख्न पनि निर्देशन दिनुभयो ।
उहाँले देशका सीमाक्षेत्रमा शसस्त्र प्रहरीका बाेर्डर आउट पाेस्टहरू धमाधम स्थापना भइरहेका छन् भन्दै यी कार्यहरूले देशकाे सीमासुरक्षामा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।











