काठमाडौंः चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड गरिएको छ । मागभन्दा निकै बढी आवेदन परेपछि लक्की ड्र बाट गरिएको बाँडफाँडमा भाग्यशाली १ लाख ३९ हजार ६०२ जनाले जनही १० कित्ता शेयर पाएका छन् ।
तर शेयर आवेदन गर्ने १० लाख ७१ हजार ५१३ जना आवेदक रित्तो हात लागेको छ ।
ग्लोबल आइएमइ क्यापिटल इस्यु म्यानेजर रहेको चन्द्रागिरी हिल्सले रु. १५ करोड ३४ लाख मूल्य बराबरको १५ लाख ३४ हजार ०९१ कित्ता शेयर सर्वसाधारणका लागि निस्काशन गरेको थियो । शेयर आवेदनका लागि गत पुस २४ देखि २८ गतेसम्म तोकिएको थियो ।
- शेयर बाँडफाँडकाे नतिजा कसरी थाहा पाउने ?
चन्द्रागिरी हिल्सकाे शेयर बाँडफाँडका लागि यहाँ क्लिक गर्नुहाेस्
यस्तै कर्मचारीका लागि ६१ हजार ६३४ कित्ता छुट्याइएको थियो ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डका आवेदकका लागि दिइएको थियो ।
सर्वसाधारणतर्फ आवेदन दिने ५ हजार ८३८ व्यक्तिको आवेदन प्रक्रिया नपुगेका कारण रद्द भएको थियो ।
चन्द्रागिरी हिल्सले हाल केबलकार संचालन गरिरहेको छ । कम्पनीका मुख्य प्रबद्र्धकहरुमा उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ रहनु भएको छ ।











